२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

बुलिङटारमा दादुरा तथा रुबेला खोप अभियान शुरु

२०८० फागुन १०, बिहिबार प्रकाशित ( महिना अघि) ५१ पाठक संख्या

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिकामा दादुरा तथा रुबेला खोप अभियान शुरु भएको छ ।

गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बुधबार स्थानीय तह स्तरीय तथा वडा स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठि सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम बुलिङटार गाँउपालिका स्वास्थ्य शाखाको आयोजना तथा बुलिङटार गाँउपालिकाका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको सहजिकरण गर्दै बुलिङटार गाँउपालिका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले दादुरा तथा रुबेला खोप अभियान जिल्लामै पहिलो चरणको अभियान शुरु भएकोे बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले दादुरा तथा रुबेला खोप अभियान २०८०÷८१ को औचित्य र संचालनबारे संक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो ।

उहाँले राष्ट्रिय खोप कार्यक्रमका मूख्य उदेश्यहरु प्रस्ट्याउदै दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न गराउन स्थानीय तहको साधन श्रोत जुटाउन र परिचालन गर्नमा सरोकार वाला सबैसँग समन्वय गरिनु पर्ने बताउनु भयो ।

श्रेष्ठले यहि फागुन १३ गते देखि १७ गतेसम्म यस खोप अभियान शुरु हुने र हरेक वडामा स्वास्थ्यकर्मिहरु परिचालन गरिने बताउनु भयो । कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष इन्जिनियर सुनारी मगरले दादुरा तथा रुबेला खोप अभियानबारे स्थानीय गाँउगाँउमा, टोल, समुदायसम्म प्रचारप्रसार गरिनु पर्ने बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस