कावासोती । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका १४ छत्तिसघरे स्थित भित्री सडक खण्डमा कुल एण्ड एलेन पेट्रोलपम्पबाट बाल्मिकी आवासीय विद्यालयतर्फ जाँदै गरेको बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कावासोती – ११ कुँडौली निवासी २५ वर्षीय सागर चौधरीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
प्रहरीका अनुसार साँझ ८ बजे भएको दुर्घटनामा घाइते भएका चौधरीलाई देवचुली अस्पताल दलदलेमा सामान्य उपचार गरि थप उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा हिजो साँझ ९:१० बजे उपचारको क्रममा मृत्यु भएको हो।