चोरमारा । मगर दिवसको अवसरमा मध्यविन्दु नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । ४२ औँ मगर दिवसको उपलक्ष्यमा मंगलबार सार्वजनिक बिदा दिन लागेको हो ।
नगर कार्यपालिकाको बैठकले निर्णय गरेर मगर दिवसमा फागुन १५ गते बिदा दिन लागिएको नगरपालिकाले जनाएको छ ।
सो दिन पालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सम्पूर्ण सार्वजनिक संघ संस्था बन्द रहने नगर प्रमुख भीमलाल अधिकारीको हस्ताक्षरमा एक सूचना जारी गर्दै जानकारी दिएको छ ।