गैंडाकोट । नवलपुरको गैंडाकोट सोह्र नम्बर चोकस्थित मोबाइल लिंकमा लाखौंको चोरी भएको छ।
गैंडाकोट नगरपालिका – १६ सोह्र नम्बर चोकस्थित यम प्रसाद पौडेलको पौडेल मोबाइल लिंक पसलको सटरको ताला फोडेर पसलभित्र रहेको मोबाइल लगायत विभिन्न सर-सामानहरू गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।