२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

सिटिजन्स बैंक शाखा अमरापुरीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८० चैत्र ९, शुक्रबार प्रकाशित ( महिना अघि) ५१३ पाठक संख्या

    
           “Global money week”

अमरापुरी । सिटिजन्स बैङ्कका शाखा कार्यालय अमरापुरीद्वारा सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

सिटिजन्स बैङ्क अमरापुरी शाखाको आयोजनामा गैंडाकोट – १५ जराहिखोला स्थित बाल उदय आधारभूत विद्यालयका विद्यार्थीलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने , ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, विद्युतीय कारोबार सम्बन्धी जानकारीका सम्बन्धमा अमरापुरी बैंक शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले प्रस्तुति दिनुभएको थियो ।

Received_349904200755046

सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, सेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए  । सन २०२४ को लागी protect your money, secure your future भन्ने नारा लिएर विश्वभर सप्ताह ब्यापी सुरु भएको यस कार्यक्रमले विशेषगरी महिला – गृहिणी, युवा, बालबालिका तथा बिपन्न वर्गहरुलाई आर्थिक स्तरोन्नति सुधार गर्न टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

यस्ता कार्यक्रमहरू अहिले सिटिजन्स बैङ्कले देशभरी गरिरहेको छ । यस अघि पनि फागुन महिनामा अमरापुरी शाखाले लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिक दिवसको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेको थियोे ।

Received_349766074098837

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस