२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिए

२०८० चैत्र ११, आईतबार प्रकाशित ( महिना अघि) ६४ पाठक संख्या

कावासोती । नवलपुरमा चालु आर्थिक वर्षको माघ मसान्त सम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन देखि माघ सम्म जिल्लामा एक सय ९७ जना पुरुष र ८७ जना महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगी मध्य २।८ प्रतिशत बालबालिका रहेका छन् ।

साउन देखि माघ सम्म जिल्लामा भेटिएका क्षयरोगी मध्य १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य सात जना पुरुष र तीन जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताउनु भयो । “जिल्लामा अहिले दुई सय ८४ जना क्षयरोगीले औषधी सेवन गरिरहनु भएको छ”, उहाँले भन्नु भयो, “औषधी सेवन गरिरहेका क्षयरोगी मध्य १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ ।”

जिल्लामा भेटिएका क्षयरोगी मध्य सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४ जना, गैँडाकोट नगरपालिकामा ६२ जना, देवचुली नगरपालिकामा ५१ जना, मध्यविन्दु नगरपालिकामा ३९ जना र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसै गरी हुप्सेकोट गाउँपालिकामा २८ जना, बुलिङटार गाउँपालिकामा सात जना र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चार जना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताउनु भयो ।

जिल्लामा देखिएका क्षयरोगीहरूमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताउनु भयो । “जिल्लामा गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷८० मा पाँच सय ४६ जनामा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाका मृत्यु भएको थियो”, उहाँले भन्नु भयो,“आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकोमा १८ जनाको मृत्यु भएको थियो ।”

क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताउनु भयो । बहु औषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उहाँले बताउनु भयो ।

विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामीहरू रहेका छन् । जस मध्य २८ प्रतिशत भारत, ९.२ प्रतिशत इन्डोनेसिया,७.४ प्रतिशत चीन, ७ प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।

नेपालमा गत आर्थिक वर्ष २०७९-८० मा ३७ हजार चार सय ४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा रहेको छ । नेपाल सरकारले क्षयरोग निवारणको लागि आर्थिक वर्ष २०७७–७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकोमा आर्थिक वर्ष २०८२र८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस