कावासोती । प्रकाश दिवसको अवसरमा मध्यबिन्दु – १ पतवारी स्थित नवदुर्गा मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
जिवन बिज्ञान जिल्ला परिषद र मध्यविन्दु वडा नं १ कार्यालयको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।
केहि दिन यता वडाका स्थानीहरु उर्जा ध्यान शिबिरमा सहभागी हुदै आएका छन् । सोहि टोलीद्धारा धार्मिक स्थल नवदुर्गा मन्दिरको सरसफाई गरेका हुन् ।
नियमित योग तथा ध्यानले शारीरिक तथा मानसिक रोग पनि निको हुने तथा जीवन स्वस्थ हुने हुँदा अब वडाले यसको लागी छुट्टै योजनासहित कार्यक्रमनै सञ्चालन गर्ने वडा अध्यक्ष तिलकराम न्यौपानेले बताउनुभयो ।
दिनहुँ योग ध्यान गर्दै जाँदा आफूमा निखर्ता आफूसँग भएको ऊर्जा ध्यान ज्ञान आफैमा परिवर्तन आएको भन्दै केही दिन यता वडावासीले योग ध्यान सिकाउने सिक्ने कुरामा जागरुक देखाएका छन्।