२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाद्वारा अनुदानमा कृषि एम्बुलेन्स सहयोग

२०८१ जेष्ठ ५, शनिबार प्रकाशित ( महिना अघि) ५९२ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

शुक्रबार मध्यविन्दु नगरपालिका – १  पतवारिमा अवस्थित प्रकृति कृषि सहकारी संस्थालाई ७० प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो । भने बाँकी ३० प्रतिशत रकम संस्थाले व्यहोरेको छ ।

मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी , वार्ड नं २ का वडा अध्यक्ष रामभक्त अधिकारी , वार्ड नं ४ का वडा अध्यक्ष डिल्लीराम महतो लगायतले सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद काफ्लेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

FB_IMG_1715967462050नगरमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै किसानले आफ्नो उत्पादन बजारीकरणका लागि संकलन केन्द्र, थोक बजारसम्म ढुवानी गर्न सहज र सर्वसुलभ हुनेमा नगर प्रमुख भीमलाल अधिकारीले विश्वास व्यक्त गर्नुभयो।

FB_IMG_1715967464453

त्यस्तै शुक्रबार नै मध्यविन्दु नगरपालिका – १ पतवारीमा रहेको मध्यविन्दु कृषि उपज संकलन केन्द्रलाई कृषि उपज संकलन केन्द्र सवलीकरण कार्यक्रम अन्तर्गत विभिन्न सामाग्रीहरु नगरपालिकाले हस्तान्तरण गरेको छ ।

जसमा १०० थान प्लास्टिकको क्रेट, कुर्ची ५० थान, दराज १ थान, डिजिटल काटा १ थान र पंखा १ थान सतप्रतिशत अनुदानमा हस्तान्तरण गरिएको मध्यविन्दु नगरपालिकाले जनाएको छ । साथै गत वर्ष पनि मध्यबिन्दु नगरपालिकाले दुई वटा ट्याक्टर सहकारी र कृषि समूहलाई हस्तान्तरण गरेको थियोे ।

FB_IMG_1715967467830

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस