कावासोती । नवलपुरको गैडाकोटमा बारुलाले टोक्दा एकजना घाईते भएका छन्।
गैंडाकोट नगरपालिका वार्ड नं ९ थुम्सीमा बारुलाले टोक्दा सोही ठाउँ निवासी ४५ बर्षीय गणेश बहादुर नेवार घाइते भएका छन् ।
जंगलमा बाख्रा चराउन जाने क्रममा आज साँझ ५ बजे बारुलाले टोकी विरामी भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको गणेशको अवस्था भने मध्यम रहेको प्रहरीले भनाई छ ।