२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई घाइते

२०८१ जेष्ठ १२, शनिबार प्रकाशित ( महिना अघि) १२५९ पाठक संख्या

देवचुली । देवचुलीमा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।

जिल्लाको देवचुली नगरपालिका १६ रजहर चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा परी लु ३१ प ६३७७ नम्बरको मोटरसाइकल चालक देवचुली १७ छिपेनी निवासी ३५ बर्षीय लक्ष्मण महतो र कावासोती – ८ थकालीचोक निवासी २७ बर्षीय संदीप सापकोटा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका महतो र सापकोटाको सेन्ट्रल अस्पताल चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%६%

प्रतिक्रिया दिनुहोस