२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा नारायणीमा डुबेर बालकको मृत्यु

२०८१ जेष्ठ २०, आईतबार प्रकाशित ( महिना अघि) ८२५ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीस्थित नारायणी नदीमा शनिबार डुबेर एक बालकको मृत्यु भएको छ ।

सुस्ता गाउँपालिका ५ पक्लिहवास्थित रामनगर बस्ने ११ वर्षीय उमेश लोनियाको डुबेर मृत्यु भएको हो । घर अगाडिको नदीमा नुहाउन जाँदा डुबेर उमेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणीमा डुबेका बालकलाई स्थानीय र प्रहरीले खोजीगर्दा करिब १० मिटर टाढा लास फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस