कावासोती । अवैध तरिकाले नदीजन्य सामग्री उत्खनन गरेको भन्दै पूर्वी नवलपरासीको गैंडाकोटबाट प्रहरीले ७ वटा टिपर नियन्त्रणमा लिएको छ ।
नारायणी नदीबाट उत्खनन गरेको र बिना बिल भरपाई सामग्री ओसारपसार गरेको भन्दै टिपर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी वेदबहादुर पौडेलका अनुसार नियन्त्रणमा लिएका सवारी प्र.२–०३–००१ क ००७३, प्र. २–००३ क ००८०, लु २ ख ४५१४, ना ८ ख ३३९२, ना ८ ख ३८५०, बा.प्र. ०३–००१ क १९१ र भे १ क २६६५ नम्बरका छन् ।
नियन्त्रणमा लिएका टिपरहरुलाई गैंडाकोट नगरपालिकाको जिम्मा लगाइएको छ । नगरपालिकाले जरिवाना रकम लिने गर्दछ ।