२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रहरीद्धारा नारायणी नदी दोहन गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

२०८१ जेष्ठ २१, सोमबार प्रकाशित ( महिना अघि) ४०७ पाठक संख्या

कावासोती । इलाका प्रहरी कार्यालय गैडाकोटले आज अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ४ वटा टिपर नियन्त्रणमा लिएको छ ।

नारायणी नदिमा नदीजन्य पदार्थको चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ती गाडी नियन्त्रणमा लिएको हो । नारायणी नदीबाट उत्खनन गरेको र बिना बिल भरपाई सामग्री ओसारपसार गरेको भन्दै प्रहरीले टिपर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी वेदबहादुर पौडेलका अनुसार नियन्त्रणमा लिएका सवारी ना ७ त १६७६ , लु ४ त २५१६ , लु ३ त ७७५७, लु ४ त ४५२५ नम्बरका छन् ।

नियन्त्रणमा लिएका टिपरहरुलाई आवश्यक कारवाहीका लागि गैंडाकोट नगरपालिकाको जिम्मा लगाइएको डीएसपी पौडेलले बताउनुभयो ।

त्यस्तै हिजो पनि अवैध तरिकाले नदीजन्य सामग्री उत्खनन गरेको भन्दै गैंडाकोटबाट प्रहरीले ७ वटा टिपर नियन्त्रणमा लिएर कारबाहीका लागि नगरपालिकाको जिम्मा लगाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस