२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा ३ मजदुरको मृत्यु : स्थानीयले गरे मेयरको घर घेराउ

२०८१ जेष्ठ ३१, बिहिबार प्रकाशित ( महिना अघि) १४३० पाठक संख्या

नारायण शर्मा

कावासोती । पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निकास निर्माणका क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोशित स्थानीयले कावासोती नगरपालिकाका मेयरविरुद्ध नाराबाजीसहित घर घेराउ गरेका छन् ।

कावासोती नगरपालिकास्थित महेन्द्र राजमार्गमा रहेको मेयर विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै स्थानीय युवाले बिहीबार राति मेयरको घर घेराउ गरेका छन् । मेयरको घरमा स्थानीयले ढुंगा हानेको प्रत्यक्षदर्शी शंकरराज कँडेलले जानकारी दिए । अहिले राति ९ बजे मेयरको घरको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी खटाइएको छ ।

कावासोती थानादेखि पूर्वतर्फ लगिएको ढलको नाला एक महिनाअघिबाट खन्न सुरु गरिएको हो । थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न फटाफट काम नगरेको भन्दै मेयरको ध्यानाकर्षण गराए पनि मेयरले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

फलफूल चोकका स्थानीयले केहीदिनअघि चाँडो काम सम्पन्न गर्न भन्दै मेयरकहाँ डेलिगेसन गएका थिए । खाल्डो खन्दा पुरिएका बिहीबार साँझ ६ बजेतिर ३ महिला मजदुरमध्ये २ जनाको अस्पताल लैजाँदै गर्दा र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाले महेन्द्र राजमार्गदेखि उत्तरतर्फ पानीको निकासका लागि ९, १० फिट गहिरो खाल्डो ( नाला ) खन्ने क्रममा ३ जना महिला मजदुर पुरिएका थिए । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध गरेका छन् । यो समाचार आजको कान्तिपुरबाट साभार गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१६%३%

प्रतिक्रिया दिनुहोस