२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

श्रमिकको सवाल सम्बोधनको लागि सञ्जाल गठन गरिने

२०८१ अषाढ २, शनिबार प्रकाशित ( महिना अघि) ३२९ पाठक संख्या

काठमाडौं । असंगठित क्षेत्रमा कार्यरत श्रमिकको सवालका सम्बोधन गर्न अधिकार र पहिचानको लागि अभियान नामक सञ्जाल गठन गरिने भएको छ ।

सामाजिक क्षेत्रमा कार्यरत १८ वटा संघ सस्थाहरूले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था पीडा दाय भएको , श्रम गरे वापत पारिश्रमिक समेत नपाउने, विभेदपूर्ण ज्याला अझैसम्म कायम रहेको लगायत समाजिक मुद्दाहरूलाई एउटै स्थानमा राखेर हेरिनु पर्ने आवश्यकता महसुस भएकोले ति श्रमिकहरूको मानव अधिकार सुनिश्चित गर्न अधिकार र पहिचानको लागि अभियान सञ्जालको आवश्यक परेको अधिवक्ता दलबहादुर धामीले बताउनु भयो ।

साथै धामीले अहिलेसम्म पनि बधुवा मजदुरको रुपमा श्रमिकहरू काम गरि रहेको र यसको निकासको लागि सञ्जालले निरन्तर स्थानीय सरकार र संघीय सरकारसँग पहल गरिरहने जानकारी दिनु भयो ।

असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रम अधिकारको लागि कार्यरत संघ संस्थाहरूसँग सम्बन्ध मजबुत बनाइ स्वतःस्फूर्त रुपमा सङ्गठित भई समन्वय, सहकार्य, समझदारी र निरन्तर सुधारको लागि वातावरण निर्माण गर्नु पर्ने महिलाको निम्ति महिला मञ्चकी कार्यक्रम संयोजक सरिता थापाले बताउनुभयो ।

साथै थापाले, प्रचलित ऐन कानुन श्रमिक मुखि नभएको , सामाजिक सुरक्षा तथा श्रम ऐन कार्यन्वयनका लागि र आवश्यकता अनुसार नीति परिमार्जन वा नयाँ नीति निर्माणको लागि राज्यलाई उत्तरदायी बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

यसैगरी कार्यक्रममा महिलाको निम्ति महिला मञ्च नेपालकी कार्यक्रम अधिकृत मनिला शाक्यले सन् २०२३ मा काठमाण्डु इटहरी र पोखरामा सम्पन्न मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको सामाजिक आर्थिक अवस्था विषयमा गरिएको सर्वेक्षणको निष्कर्ष सँगै श्रमिक सँग सम्बन्धित कानुन कार्यन्वयनको अवस्थालाई विश्लेषणात्मक रुपमा प्रस्तुत गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेपाल महिला एकता समाजकी कार्यकारी निर्देशक भगवती अधिकारीले २०८१ जेठ ८ गते सम्पन्न भएको महिला इजलासको निर्णायककर्ता बाट प्राप्त फैसलाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो त्यसैगरी महिला पुनर्स्थापना केन्द्रकी कमला पोख्रेलले गत आर्थिक वर्षमा श्रमिक हिंसा सँग सम्बन्धित तथ्याङ्कको विश्लेषणात्मक प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला पुरस्थापना केन्द्र, तरंगिनी फाउन्डेसन, छोरी, विश्वास नेपाल, सुनिता फाउन्डेसन, शक्ति समूह, साथी, चेन्ज एक्सन नेपाल, शक्ति मिलन समाज, भ्वाइस अफ चिल्ड्रेन, स्वासा, शुभ अवसर ग्राम नेपाल ,महिला एकता समाज र लैंगिक हिंसा नियन्त्रण सञ्जाल संस्थाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम महिलाको निम्ति महिला मञ्च नेपालले आयोजना गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस