चोरमारा । नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । मध्यबिन्दु ८ देवकोटा टोल स्थित राम बहादुर खत्रीको घरभित्र एक्कासि बाघ छिर्न गई निस्कने क्रममा आक्रमण गर्दा ६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घाइते हुनेमा ४५ वर्षीय देवा ठकुरी , ३२ वर्षीय सुनिल जैसवाल , ३२ वर्षीय रुपा कुमाल , १९ वर्षका अमृत चौधरी , २२ वर्षीय रोशन कुमाल र २२ वर्षका अमृत महतो सामान्य घाइते भएका छन् ।
घाइते सबै मध्यबिन्दु – ८ देवकोटा टोल निवासी रहेका छन् । घाइते तीन जनाको सामान्य स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने तीन जनालाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीको भनाइ छ ।
बाघ आक्रमण गरेपश्चात मकैबारीमा पसेको र प्रहरी टोली , राष्ट्रिय निकुन्ज, वन डिभिजन कार्यालय समेतको टोली घटनास्थलमा पुगि बाघ व्यवस्थापनको लागि समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।