२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

बुलिङटार गाउँपालिकाको बजेट ४७ करोडको ४७ लाख ९९ हजार

२०८१ अषाढ १२, मंगलबार प्रकाशित ( महिना अघि) ४१० पाठक संख्या

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करिब ४७ करोडको ४७ लाख ९९ हजार बजेट प्रस्तुत गरेको हो ।

सोमबार सम्पन्न गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०८१÷२०८२ का लागि बुलिङटार गाउँपालिकाको समग्र विकास नीतिहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास शाखा, सुशासन तथा संस्थागत विकास, अयुबर्दिक, कृषि तथा पशुपंक्षी विकास, सिचाई पयर्टन विकास तथा संस्कृतिक, उधोग तथा व्यवसाय विकास, श्रम तथा रोजगार तथा गरिबी निवारण, सहकारी क्षेत्र, युवा तथा खेलकुद र सूचना प्रबिधि संचारमा बजेट प्रस्तुत भएको छ ।

साथै उर्जा तथा विधुतीयकारण, खानेपानी सरसफाई तथा फोहोरमैला व्याबस्थाना, सार्वजनिक निजि तथा साझेदारी तथा गैरसरकारी संस्था, जलधार संरक्षण, भाषा धर्म तथा संस्कृतिक, स्थानीय सेवा शुल्क र तथ्यांक संकलन जस्ता नीतिहरु प्रस्तुत भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस