२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

नवजागरण माध्यमिक विद्यालयका दुई जनाले ल्याए ४ जीपीए 

२०८१ अषाढ १४, बिहिबार प्रकाशित ( महिना अघि) १४५२ पाठक संख्या

नारायण शर्मा 

मध्यविन्दु  — माध्यमिक शिक्षा परीक्षा ( एसईई ) मा पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

मध्यबिन्दु नगरपालिका चोरमारामा रहेको नवजागरण माध्यमिक विद्यालयका प्रतिक ज्ञवाली र सौगात पोख्रेलले ४ जीपीए अंक ल्याएका हुन् । जिल्लामै ४ जीपीए ल्याउने यी दुई मात्र हुन् । यो विद्यालयबाट ८२ विद्यार्थी पास भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ पूर्वी नवलपरासीका प्रमुख रुद्र शर्माका अनुसार २०८० को एसईईमा पूर्वी नवलपरासीबाट एसईई दिने ६ हजार १ सय १५ थिए । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् । जिल्लामा रहेका १ सय ३९ माध्यमिक विद्यालय मध्ये ८९ सामुदायिक विद्यालय हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%५%१%३%

प्रतिक्रिया दिनुहोस