२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सामुदायिक बिद्यालय नै अब्बल ठहरियो

२०८१ अषाढ १७, आईतबार प्रकाशित ( महिना अघि) ५८० पाठक संख्या

बिरेन्द्र पराजुली

कावासोती । नवलपुरमा २०८० को एसइई परिक्षा उतिर्णमा सामुदायिक बिद्यालयका दुई बिद्यार्थी ४ जिपिय प्राप्त गर्न सफल भएका छन ।

मध्यबिन्दु चोरमारामा रहेको नवजागरण माध्यामिक बिद्यालयका बिद्यार्थी प्रतीक ज्ञवाली र सौगात पोख्रेलले ४ जिपिय प्राप्त गरेको बिद्यालयका प्रधानाध्यापक हरि प्रसाद देबकोटाले जानकारी गराएका छन ।

नबजागरण मा बि मा यो बर्ष ८२ बिद्यार्थी उर्तिण भएका छन । नवलपुर जिल्लामा ८९ सामुदायिक बिद्यालय सहित १३९ बिद्यालय बाट ६ हजार १ सय २५ जना बिधार्थि परिक्षामा सहभागी भएका थिए।

नवलपुर जिल्लामा सामुदायिक बिधालय पछिल्लो समयमा अब्बल बन्दै गएका छन । जिल्लामा यो बर्ष कुनै पनि निजि बिधालयले ४ जिपिय ल्याउन सकेका छैनन ।

२०८० को रिजल्ट हेर्दा अबको अबको अध्ययन अध्यापन गर्ने गराउने तरिका फरक गर्नु पर्ने नेपाल शिक्षक संगठनका सचिब टिकाराम डुम्रे बताउछन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%

प्रतिक्रिया दिनुहोस