कावासोती । नवलपुरको कावासोतीमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन्।
कावासोती नगरपालिका १४ कलकत्ते चोकमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घरमा विजुली बनाउने क्रममा कावासोती १४ थारुडण्डा बस्ने ३५ बर्षीय जोगनारायण महतो करेन्ट लागि घाइते भएका हुन् ।
महतोको मध्यविन्दु अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।