२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना, तीनजना गम्भीर घाइते 

२०८१ अषाढ २१, बिहिबार प्रकाशित ( महिना अघि) २८३३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा सवारी दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।

कावासोती नगरपालिका–२ कुमारवर्ती क्याम्पस अगाडि सवारी दुर्घटना हुँदा तीनजना घाइते भएका हुन् । कुमारवर्ती क्याम्पस अगाडिको भित्री सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालक कावासोती ४ निवासी १६ बर्षीय उत्तम कार्की, मोटरसाइकल पछाडि सवार तनहुँको घिरिङ गाउँपालिका १ निवासी १७ बर्षीय दिनेश कुमाल र पैदल यात्री रौतहट जिल्लाको राजपुर नगरपालिका ८ निवासी ३२ बर्षीय ओजिल अन्सारी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१८%३%

प्रतिक्रिया दिनुहोस