२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

पानी परेपछिको हैरानी: महेन्द्रराजमार्गको चोरमारा खण्डमा घण्टौ जाम

२०८१ अषाढ २२, शुक्रबार प्रकाशित ( महिना अघि) ४५१ पाठक संख्या

नारायण शर्मा 

पूर्वी नवलपरासी । पूर्व- पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पानी परेपछि सडक हिलैहिलो हुँदा घण्टौ जाम हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार बर्सातले चोरमाराको उकालोमा राजमार्ग हिलाम्ये छ ।

रातोमाटो हिलैहिलो हुँदा सवारीसाधन वारपार हुन घन्टौ लाग्ने गरेको छ । जेसीबीले गाडी धकेलेर पास गराइएको छ । मालवाहक गाडी फसेर ओहोरादोरमा अवरोध भएको छ ।

Thumb 1

 

४ वटा जेसीबी र स्काभेटर राखेर गाडी धकेल्दै पार गराउँदै छु, आचार्यले भने, राजमार्गमा रातो हिलोमाटोका कारण चिप्लिएर गाडी निकाल्नै सकस भएको छ । ग्राभेल राख्ने र गाडी धकेलेर पास गराउने काममा दुई दर्जन भन्दा बढी प्रहरी खटाइएको उनले सुनाए ।

IMG 20240705 WA0017

चोरमारा बजारदेखि पूर्व कावासोती तर्फको उकालोमा राजमार्गमा रातोमाटो छ । त्यहाँ बर्सातका कारण हिलोबगेर आउजाउमा समस्या भएको स्थानीय विकास काफ्लेले जानकारी दिए । यात्रुले सास्ती भोगेका छन्, उनले भने, हिजो दिनभरी जाम थियो । आज दिउँसोबाट प्रहरी खटेर आउजाउ गराएको छ । हिलो र चिप्लो बाटो भएका कारण यात्रुले सकस ब्यहोरेका छन् ।

Thumb 1

IMG 20240705 WA0021

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस