२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा पानीको बहाब बढ्दै, सतर्क रहन आग्रह

२०८१ अषाढ २३, शनिबार प्रकाशित ( महिना अघि) ३६२ पाठक संख्या

कावासोती । गत बिहीबारदेखि लगातार पानी परेपछि नारायणी नदीमा बहाब बढ्दै आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसको छ।

नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

केही नदी र खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै आज बिहान साढे ७ बजे त्रिवेणीस्थित जलमापन केन्द्रले दिएको सूचनाअनुसार पानीको सतह करिब १० मिटरको लेभलमा पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस