२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा जङ्गली च्याउ खाँदा एकजना बिरामी

२०८१ अषाढ २४, आईतबार प्रकाशित ( महिना अघि) २६७ पाठक संख्या

चोरमारा । कावासोतीमा जङ्गली च्याउ खाँदा एकजना पुरुष बिरामी भएका छन्।

कावासोती नगरपालिका –  १५ गोछडा निवासी ५६ बर्षीय अम्बर बहादुर चौधरीले जङ्गली च्याउको तरकारी पकाएर खाँदा बिरामी परेको प्रहरीले जनाएको छ ।

चौधरीले सनिवार बिहान करिब १० बजे बिरामी भै उपचारको लागि स्थानीय मेडिकल पुगेका थिए । अहिले निजको स्वास्थ्यमा सुधार आएको छ ।

वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा धेरै प्रजातिका च्याउ पाइन्छन् । पुरानो रूखको ठुटो, पत्कर वा खुला चौर र पाखामा च्याउ उम्रिन्छ ।

यस्ता च्याउ खानयोग्य पनि हुन्छन्, विषालु पनि । जथाभावी च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ । कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस