२०८१ कार्तिक १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा खोलाले बगाउँदा १ जनाको मृत्यु, एक बेपत्ता

२०८१ अषाढ २८, बिहिबार प्रकाशित ( महिना अघि) ९८७ पाठक संख्या

कोल्हुवा । नवलपुरमा अविरल वर्षासँगै विभिन्न खोलामा आएको बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । अर्को एक जना बेपत्ता भएका छन् ।

मध्यविन्दु नगरपालिका –४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियारको खोलाले बगाउँदा डुबेर मृत्यु भएको वडा अध्यक्ष डिलीराम थारु जानकारी दिनुभयो ।

जिल्लाको मध्यविन्दु –१ पतवारी स्थित उल्टी खोला तर्ने क्रममा परियारलाई खोलाले बगाए पछि खोज तलासका क्रममा उल्टी र छुकछुकेको दोभानमा मृत फेला पारिएको वडा अध्यक्ष डिलीराम थारुले बताउनुभयो । शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।

त्यस्तै बौंदिखोलाले बगाउँदा स्थानीय बौदिकाली गाउँपालिका १ का ४८ वर्षीय विशाल कार्की बेपत्ता भएका छन् । कार्की भने बेपत्ता नै रहेका छन् । उनको ईप्रका डेडगाउ र स्थानीयले खोज तलासको कार्य जारी राखेका छन् । यसै गरी वर्षाकै कारण जिल्ला स्थित नारायणी नदीको जल स्तर पनि बढ्दो रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%८%

प्रतिक्रिया दिनुहोस