२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा विषालु च्याउ खाँदा २ जना बिरामी

२०८१ अषाढ २८, बिहिबार प्रकाशित ( महिना अघि) ३७२ पाठक संख्या

चोरमारा । मध्यविन्दुमा विषालु च्याउ खाँदा दुई जना महिला बिरामी भएका छन्।

मध्यविन्दु नगरपालिका – ३  लेडाहा निवासी ७६ वर्षीया आशा कुमारी महतो र निजकी छोरी ४१ वर्षकी दीपा कुमारी महतोले बारीमा उम्रेको च्याउ पकाएर खाँदा बिरामी परेको प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायक उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

आमा छोरीलाई आज दिउँसो करिब ३ बजे बिरामी भै उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस