२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा नारायणी नदी किनारमा एउटा शव भेटियो

२०८१ श्रावण १, मंगलबार प्रकाशित ( महिना अघि) ३०१ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटस्थित नारायणी नदी किनारमा मंगलबार बिहीन एउटा शव फेला परको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट नगरपालिक – ७ गैरीमा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । शवको पहिचान खुलेको छैन । जिन्स पाइन्ट र रातो फुल सर्ट लगाएको व्यक्तिको शव निकालेर भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस