२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पुलबाट खसेर एक पुरुषको मृत्यु

२०८१ श्रावण २, बुधबार प्रकाशित ( महिना अघि) १३७१ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत रहेको अवस्थामा एक जनाका पुरुषको शव भेटिएको हो ।

कावासोती १७ ढोकी निवासी २७ बर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र आज बिहान पुल मुनी मृत भेटिएको प्रहरीको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस