२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा कुकुर मारेको निहुँमा ढुंगाले हानेर बाबुको हत्या

२०८१ श्रावण २, बुधबार प्रकाशित ( महिना अघि) १५६३ पाठक संख्या

कावासोती । नवलपुर सदरमुकाम कावासोतीमा छोराले हानेको ढुंगाले लागेर बाबुको मृत्यु भएको छ ।

बुबाले कुकुर मारेको विषयमा घर झगडा हुँदा १८ बर्षीय छोराले ४३ बर्षीय बुबाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बुधबार बिहान सवा ११ बजे कावासोती नगरपालिका वडा नम्बर ५ ठकुरीचोकमा बुबा- छोराबीच झगडा भएपछि छोराले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको हो।

ढुंगाले टाउकोमा हिर्काउँदा बुबा प्रेमको घटनास्थलमै मृत्यु भएको थियोे । प्रहरीले कुटपिट गर्ने निराजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%२५%३%

प्रतिक्रिया दिनुहोस