२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा शव खोज्न हात्ती र माझी परिचालन

२०८१ श्रावण २, बुधबार प्रकाशित ( महिना अघि) ३२० पाठक संख्या

नारायण शर्मा 

नवलपुर ।  ६ दिनअघि चितवनको सिमलताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न पूर्वी नवलपरासीमा दुई वटा हात्ती र माझीसहितको टिम परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नारायणी नदी किनारमा चितवन निकुञ्जका हात्तीसहित माझीहरुको टोली नारायणी नदीमा शव खोज्न परिचालन गरिएको बताए । चितवन निकुन्जका हात्ती र माउते नदीमा हिडाइएको छ ।

गैंडाकोट नगरपालिकादेखि दक्षिणमा त्रिवेणीसम्मको क्षेत्रमा हात्तीसहित माझी र सैनिक टोली पनि परिचालन गरिएको उनले बताए । यहाँको विनयीत्रिवेणी स्थित गण्डक ब्यारेज पुल, मध्यबिन्दु नगरपालिका–२ स्थित भुताहा र गैँडाकोट नगरपालिका लगायतका नारायणी नदी किनारमा गत ४ दिनको अवधिमा १५ वटा शव फेला परेका थिए ।

त्यसयता यहाँ खोजीलाई तीब्र बनाइएको छ । यहाँ सेना, प्रहरी, शशस्त्र प्रहरी, बोटे माझी, मुसहर र स्थानीयलाई समेत शव खोज्न परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलले शव खोज्न लामो दुरीसम्म देखिने ड्रोन क्यामरा प्रयोग गरेर समेत खोजी भइरहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस