२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा खेतको आलीबाट लडेर गम्भीर घाइते

२०८१ श्रावण ४, शुक्रबार प्रकाशित ( महिना अघि) २९३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा एक महिलाको खेतको आलीबाट लडेर गम्भीर घाइते भएकी छन्।

कावासोती नगरपालिका– ५ स्थित घर भएकी स्थानीय ५० वर्षीय धन्सारी रिसिमी मगरको आलीबाट लडेर गम्भीर घाइते गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

बिहिवार साँझ खेतमा पानी लगाउन जाने क्रममा हिँड्दै गर्दा उनी आलीबाट लडेको प्रहरीले जनाएको छ ।

उनी घर आए पश्चात अचानक बमिट गरी बिरामी भई निजको छोराले उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा डाक्टरले उपचार हुन नसक्ने भनि निजको आफन्तहरुले मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइ उपचार गराइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस