२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नहरमा डुबेर महिलाको मृत्यु 

२०८१ श्रावण ४, शुक्रबार प्रकाशित ( महिना अघि) २६५ पाठक संख्या

देवचुली — नवलपुरको देवचुलीमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको देवचुली नगरपालिका ८ आपटारीस्थित नहरमा डुबेर स्थानीय ३२ वर्षीया गंगा विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलले नहरमा डुबेको अवस्थामा फेला पारेर दुम्कौली अस्पताल ल्याइएकोमा उपचारको क्रममा विकको मृत्यु भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस