२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

तम्सरिया खानेपानी निर्वाचन: ‘नेतृत्व चयनका लागि भोलि मतदान’

२०८१ श्रावण ११, शुक्रबार प्रकाशित ( महिना अघि) २२६ पाठक संख्या

चोरमारा — तम्सरिया साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ। नवजागरण बहुमुखी क्यापस मध्यविन्दु –७ चोरमाराको परिसर सहित तिन वटा वितरण केन्द्रमा विहान ७ बजेबाट मतदान सुरु हुने निर्वाचन अधिकृत हरि प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको निर्वाचन अधिकृत देवकोटाले बताउनुभयो । निर्वाचन सम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्र लगायत आवश्यक सामग्री सहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका छन् । तम्सरिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ३ हजार ४ सय १४ जना मतदाता रहेका छन् भने चोरमारा, भागरा  र बसन्तपुर मतदान वितरण केन्द्र तोकिएको छ ।

मतदान प्रक्रियालाई सहज बनाउन ३ सदस्यीय सहजिकरण समिति समेत गठन भएको छ जसमा हरि कुमार क्षेष्ठ, दिलिप वाग्ले र चोलाकान्त काफ्ले रहेका छन् । सहजिकरण समिति सदस्य सहित अन्य कर्मचारी परिचालन गरिएको छ ।

त्यस्तै, भोलि हुन गइरहेको तम्सरिया खानेपानी निर्वाचनको सुरक्षाको लागी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ। शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन नेपाल प्रहरी परिचालन गरिएको छ । शनिवार हुन गइरहेको तम्सरिया खानेपानीको नेतृत्वको लागि अध्यक्ष पदमा दीपक शर्मा, प्रेमप्रसाद पाध्य गौतम र मनोज गुरुङ सहितको प्यानलको उम्मेदवारी परेको छ । १३ पदको लागि ३९ जना प्रतिसप्रर्धी रहेका छन्।

बेलुका चार बजे मतदान सकिएपछि निर्वाचन समिति र उम्मेदवारहरुको छलफलपछि सहमति गरेर मतगणना अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस