२०८१ कार्तिक १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरका ८ जनामा डेंगी

२०८१ श्रावण १४, सोमबार प्रकाशित ( महिना अघि) १९३ पाठक संख्या

कावासोती — गत एक महिनामा नवलपुर जिल्लामा ८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार, असारको दोस्रो हप्तादेखि हालसम्म ८ जनामा डेंगी संक्रमण भेटिएको हो।

संक्रमितमध्ये ६ पुरुष र २ महिला रहेका छन्। भारतसँग सिमाना जोडिएको विनयी त्रिवेणी गाउँपालिकामा ६ जना, बुलिङटारमा १ जना, र हुप्सेकोटामा १ जनामा डेंगी देखिएको हो। तिवारीले बताए अनुसार, संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

डेंगी संक्रमण मुख्यतस् भदौ र असोज महिनामा बढी देखिने गर्छ। यो रोग विशेष गरी पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगीको लक्षणहरूमा उच्च ज्वरो, टाउको दुखाइ, आँखा पछाडि दुखाइ, जोर्नी तथा मांसपेशी दुखाइ, र छालामा र्‍यासहरू पर्दछन्। यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य जाँच गराउनु पर्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस