मध्यविन्दु । नवलपुरको गैडाकोट नगरपालिका–१० भैसाखोरीमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
आज अपराह्न १६:५० बजे, नारायणी आदर्शटोलका ४६ वर्षीय तिलक खड्का बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए।
उनलाई तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएको थियो । उपचारको क्रममा १७:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटी गई अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।