२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा किराना पसलमा आगलागी: ५ लाख रूपैयाँको क्षति

२०८१ श्रावण २५, शुक्रबार प्रकाशित ( महिना अघि) १६६९ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दुमा किराना पसलमा आगलागी भएको छ ।

मध्यबिन्दु नगरपालिका – ११ कुसुण्डेमा ३५ वर्षीया रेखा मिँयाको किराना पसलमा बिहीबार दिउँसो विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागी हुँदा चाउचाउ, मैदा, बिष्कुट, चामल, दाल लगायतका सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिन सफल भएको छ र यस घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%५%

प्रतिक्रिया दिनुहोस