२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा साईकल दुर्घटनामा एक महिलाको मृत्यु

२०८१ श्रावण २७, आईतबार प्रकाशित ( महिना अघि) १३९२ पाठक संख्या

नवलपुर । मध्यबिन्दु नगरपालिका ४ मदनपुर स्थित भित्रि सडकखण्डमा साईकल दुर्घटनमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा मध्यबिन्दु २ कि ४८ वर्षिया राम कुमारी महतोको मृत्यु भएको प्रहरीेले जनाएको छ ।

मदनपुरबाट सेहरीतर्फ जाँदै गर्दा महतोले चलाएको साईकल नियन्त्रण गुमाई सडकमा पल्टिएको जनाइएको छ । दुर्घटनामा परी उनको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते महतोको मध्यबिन्दु नगर अस्पताल चोरमारामा सामान्य उपचार पश्चात थप उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएकोमा उपचारको क्रममा २ बजेर २२ मिनेटमा मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%७%१%

प्रतिक्रिया दिनुहोस