२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा स्कुटर दुर्घटना: चालक गम्भीर घाइते

२०८१ श्रावण २९, मंगलबार प्रकाशित ( महिना अघि) १२४८ पाठक संख्या

कावासोती । कावासोतीमा स्कुटी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

कावासोती नगरपालिका – ८ खरकट्टा जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा दलदलेबाट कावासोती तर्फ आउँदै गरेको बा.प्र.०३-०३ प ७५४९ नम्बरको स्कुटर दुर्घटनामा परेको छ ।

स्कुटर चालक कावासोती – ३ आदर्शटोल निवासी ४२ वर्षीय श्रीराम थापाले नियन्त्रण गुमाउँदा बिजुलीको पोलमा ठक्कर खाएका थिए ।

प्रारम्भिक उपचारका लागि उनलाई नवलपुर अस्पताल कावासोती ल्याइएको थियो, तर थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना हिजो साँझ ८:३० बजे भएको थियो । सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%२%

प्रतिक्रिया दिनुहोस