२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

नयाँ पुस्ता जागरुक भए मात्र तिजको मौलिकता र परम्परा जोगाउन सकिन्छ : सांसद पौडेल

२०८१ भाद्र १४, शुक्रबार प्रकाशित ( हफ्ता अघि) ११४ पाठक संख्या

कावासोती । गन्डकी प्रदेश सभा सदस्य एबम् राप्रपा संसदीय दलका प्रमुख सचेतक बिन्दु पौडेलले तिज पर्बको मौलिकता र परम्परा जोगाउन नयाँ पुस्ता जागरुक हुनुपर्ने बताउनु भएको छ ।

शुक्रबार कावासोतीमा सायरा मिडिया एन्ड इभेण्ट्स प्रालिद्वारा आयोजित तिज पर्व स् मौलिकता , सस्कृती , बिकृती र प्रवृत्ति बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पौडेलले नयाँ पुस्तालाई तिजको महत्व बुझाउन सके मात्र यसको मौलिकता र परम्परालाई जोगाउन सकिने बताउनु भएको हो । युवा साथिहरुलाई हामिले तिजको धार्मिक , एतिहासिक र पारम्परिक महत्वका बारेमा बुझाउन आबश्यक छ । त्यति गरे मात्र यसको गरिमा जोगाउन सकिन्छ ।  सांसद पौडेलले भन्नुभयो ।

पछिल्लो समयमा तिजको नाममा बिकृती भित्रिएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो । तिज मान्ने नाममा जे बिकृत काम भएका छन् , त्यसले हाम्रो समाजलाई दुषित बनाएको छ । उहाँको भनाई थियो । स्कुल र कलेज तहबाट नै तिजको सौन्दर्य र महत्वका बारेमा बुझाउँदै लान सकियो भने बिस्तारै बिकृती हट्दै जाने उहाँले बताउनु भयो । युवा हरुलाई नै जागरुक बनाउने हो , त्यो गर्न सकें धेरै समस्या हल हुन्छ । उहाँले भन्नू भयो । पर्व मान्ने नाममा धनी र गरिव को बिचमा भिन्नता देखिन नहुनेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य ओमकला गौतमले कतिपय अवस्थामा हाम्रो आफ्नै कारणले पनि बिकृती भित्रन सहयोग पुगेको भन्दै त्यस तर्फ सचेत हुनुपर्ने बताउनु भयो ।

तिजमा बिकृती आएका छन् , यसलाई रोक्न पर्छ तर परम्परा संगै आएका कु-संस्कारलाई भने त्याग्दै जानू पर्छ । गौतमले भन्नू भयो ।
तिजको मौलिकता र सस्कृती संग जोडिएका राम्रा कुरालाई प्रबर्द्धन गर्ने र कु-संस्कारलाई छाड्दै जानू पर्ने उहाँको भनाई थियो । तिज नेपाली नारिहरुको महान् पर्व भएकाले यो पर्व संगै नारी हक अधिकारका कुरा पनि संग संगै लैजानु पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा त्रीवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले अन्तरक्रियाको बिषयबस्तु माथि प्रकाश पार्नु भएको थियो । तिजको मौलिक सस्कृती बिकृती र प्रवृत्तिका बारेमा आफ्नो धारणा सहित बिषय प्रबेश गराउँदै भुसालले तिजको मौलिकता र सस्कृती संरक्षणमा जोड दिनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुली , शैक्षिक व्यक्तित्व एबम् सिदार्थ आमाबीका प्राचार्य भोजराज दाहाल , प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष दुर्गा बिष्ट लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सायरा मिडिया एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्राली र सेन्ट्रल कलेजले सहकार्य गरेका थिए । जनप्रतिनिधि , महिला अगुवाहरु , सामाजिक ब्यक्तित्वहरु , टोलसुधार समितिका प्रतिनिधिहरु , विभिन्न स्कुल र कलेजका विद्यार्थीहरु लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण पत्रकार दिपेन्द्र रेग्मीले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस