२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

बुटवल-नारायणगढ सडक बिस्तारमा ठेक्केदारको आलटाल, सरकार विकल्प खोज्ने

२०८१ भाद्र १६, आईतबार प्रकाशित ( हफ्ता अघि) २०५ पाठक संख्या

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक बिस्तारका लागि ठेक्केदार पक्षसंग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने भौतिक पूर्वाधार तथा योजना मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ ।

बुटवल नारायणगढ सडकको स्थलगत अनुगमनको क्रममा मध्यविन्दु नगरपालिका आईपुग्नु भएका मन्त्री दाहालले ठेक्केदारले कुनैपनि बाहानामा पछिल्लो सहमति कार्यान्वयनमा आनकानि गरे सरकारले उपयुक्त विकल्प खोज्ने बताउनुभयो । “देशको मुख्य राजमार्गको राजमार्गको हालत यस्तो छ । सबैको ध्यान यहीं सडक कहिल्य सकिन्छ भन्ने तर्फ छ ।” मन्त्री दाहालले भन्नुभयो –“अब पनि ठेक्केदार कम्पनीले काममा आलटाल गर्छ भने सरकारले विकल्प खोज्छ । एउटा ठेक्केदारको कारण देशको महत्वपूर्ण सडकको यस्तो अवस्थामा हुनु कुनैपनि अर्थमा स्वीकार्य हुदैन ।”

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ सडक बिस्तारको योजना, शिलान्यासको काम भएको स्मरण गर्दै उहाँले अब ओली नेतृत्वको सरकारले नै सडक बिस्तारको काम सम्पन्न गर्ने बताउनुभयो ।

सडक बिस्तारको क्रममा मध्यविन्दु नगरपालिका आईपुग्नु भएका मन्त्री दाहाललाई नगर प्रमुख भिमलाल अधिकारीले स्वागतसंगै सडकको कारण यात्रु तथा स्थानीय बासिन्दाले भोग्नु परेको समस्याको बारेमा आवगत गराउनु भएको थियो । सडक बिस्तारमा स्थानीय सरकार हरेक हिसावले सहयोग गर्न तयार रहेको भन्दै उहाँले स्थानीय सरकारहरु निशुल्क उपलब्ध गराएको कारणले नै अहिले सडक सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो ।

मन्त्री दाहालसंगै सडक अनुगमनमा आउनु भएका मन्त्रालयका सचिव केशव कुमार शर्माले ठेक्केदार पक्षले कामको समय मिलाउन नसक्दा पनि अहिलेको अवस्था आएको बताउनुभयो ।

स्थलगत अनुगमनको क्रममा पिच गर्न तयार अवस्थामा रहेर पनि १५ किलोमिटर भन्दा बढी सडक बार लगाएर राखेको देखिएको भन्दै उहाँले ठेक्केदार पक्षले कार्य समय मिलाउन नसक्दा पनि कतिपय समस्याहरु रहेको अनुभूती रहेको बताउनुभयो । मन्त्री दाहाल नेतृत्वको टोलिले बुटवलबाट सडकको स्थलगत अनुगमन गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस