२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा जिल्ला ट्राफिक प्रहरीको भवन निर्माण शुरु

२०८१ भाद्र १९, बुधबार प्रकाशित ( हफ्ता अघि) २१३ पाठक संख्या

नारायण शर्मा

कावासोती ।  कावासोतीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण शरु भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि पूर्वमा रहेको ३ कठठा जग्गामा निर्माणहुने भवनको जिल्ला ट्राफिक प्रहरी निरिक्षक अच्युतराज आचार्यले बुधवार सांझ शिलान्यास गरेका छन ।

प्रदेश सरकारको ३ करोड २ लाख लगानीवाट निर्माण शुरु गरिएको भवन आगामि १५ महिना भित्र निर्माण सम्पन्न हुने प्रहरी निरिक्षक आचार्यले जानकारी दिए ।

प्रहरीको नाममा रहेको जग्गामा दुइ तल्ले पक्कि भवन निर्माण हुने छ । गत १७ वर्षदेखि निजि घर भाडामा लिएर संचालन हुदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अब १५ महिनापछि आफनै भवनवाट सेवा शुचारु गर्ने भएको छ । हाल भाडाको भवनमा कार्यालय संचालनमा छ । आवास सहितको यो भवन जिल्ला प्रहरीसंगै सटेको जग्गामा निर्माण शुरु गरिएको हो ।

यसैको अघिल्तीर २२ कठठा जग्गामा नेपाल प्रहरीले पेट्रोलपम्प निर्माणको काम शुरु गरेको छ । आगामि १८ महिनामा निर्माण भैसक्ने यो पम्प नेपालकै नमूना हुने प्रहरीको दावी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस