२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सवारी दुर्घटना एकजनाको निधन

२०८१ भाद्र २२, शनिबार प्रकाशित ( हफ्ता अघि) ४८४ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

गएराति बर्दघाट नगरपालिका १३ जमुनियास्थित सडकमा जमुनियाबाट नारायणचोक तर्फ जाँदै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४७ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्मिका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा शनिबार बिहान भिम अस्पताल भैरहवामा मृत्यु भएको छ ।

मोटरसाइकल चालक किशोरको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस