२०८१ आश्विन १, मंगलबार
नयाँ
पछिला अपडेट

युनाइटेड गोल्डकप: वातासिनो कावासोती सेमिफाइनलमा

२०८१ भाद्र २३, आईतबार प्रकाशित ( हफ्ता अघि) २०६ पाठक संख्या

कावासोती । नवलपुरको हुप्सेकोटमा आइतबार सम्पन्न युनाईटेड गोल्डकप फुटबलको क्वाटरफाइनल खेलमा वातासिनो कावासोतीले नमुना युवा क्लब पश्चिमटोलालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरमार्फत् २ काविरुद्ध ४ गोल अन्तरले कावासोती विजयी भएको हो।

सोमबार सेन्ट्रल कलेज २८ बिगाहा र भेडावारी युवा क्लब भेडावारीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमिफाइनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस