२०८१ आश्विन १, मंगलबार
नयाँ
पछिला अपडेट

वार्षिक समाजिक परिक्षण सम्पन्न

२०८१ भाद्र २५, मंगलबार प्रकाशित ( हफ्ता अघि) १२० पाठक संख्या

काठमाडौं । मनोरञ्जन क्षेत्र दोहरी साझ, डान्सबार, क्याबिन, मसाज र खाजा घरमा कार्यरत श्रमिकहरूको मानव अधिकारको लागि पैरवी गर्दै आइरहेको समाजिक सस्था महिलाको निम्ति महिला मञ्च नेपालले गत आर्थिक वर्ष २०८०/८१ को कार्यक्रमहरूको सामाजिक परिक्षण सम्पन्न गरेको छ ।

आइतबार काठमाण्डौमा गरिएको उक्त कार्यक्रममा संस्थाले २०८०/८१ को कार्य प्रगति, आर्थिक प्रतिवेदन सहित ,चुनौती र सिकाइ सार्वजनिक गरेको थियो । समाजिक परिक्षण सहजकर्ता भगवती अधिकारीले संस्थाको वार्षिक योजना समेत पेश गर्नु भएको थियो । साथै संस्थाले समन्वय र सहकार्यलाई निरन्तरता दिँदै गत वर्ष सामाजिक परीक्षणको क्रममा सहभागिताबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिरहेकोमा जानकारी दिनु भयो ।

खुल्ला छलफलको क्रममा काठमाण्डु प्रहरी परिसरको प्रहरी निरीक्षक डि.वि. खड्काले, “यो क्षेत्रमा आगामी वर्षमा समन्वय र सहकार्यको साथ हातेमालो गर्दै काम गर्न” प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । यसैगरी, सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम कुमार नेपालले संस्थाको कार्यप्रगतिको प्रशंसा गर्दै , “आगामी दिनमा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष सम्बन्धित अभिभुखिकरण संस्थाको समन्वयमा आयोजना गर्न” प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिफन्टका महासचिव कमल घिमिरे, काठमाण्डु महानगरपालिका वडा नं ७ का विमल कुमार होडा, एटविनकी कार्यकारी निर्देशक बेनु माया गुरुङ्ग, स्वास्वाकी कार्यकारी निर्देशक शान्ति तिवारी, शान्ति फाउन्डेसनकी कार्यकारी निर्देशक शान्ति तामाङ्ग, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजाल सचिवालय प्रमुख रेणुका सुर्या, वोरेक नेपालकी कार्यक्रम संयोजक प्रभा पौडेलले कार्यक्रममा रचनात्मक सुझाव दिँदै आगामी वर्षको लागि शुभकामना दिएका थिए ।

यसैगरी मनोरञ्जन क्षेत्रलाइ कर्म बनाएर काम गरिरहेका श्रमिकहरूले संस्थाले गरेको सहयोगको प्रशंसा गर्दै अरु श्रमिकहरूलाई पनि संस्थामा जोडने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा श्रमिकका तर्फबाट उर्मिला शाही, शान्ति घर्तिमगर, यमुना के.सी, रितु बगाले, सिता गौतम र सिता चन्दले मनोरञ्जन तथा सत्कार क्षेत्र भित्रको चुनौतीका साथै संस्थामा आवद्धता पछिको परिवर्तनको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

महिलाको निम्ति महिला मञ्च नेपालले काठमाण्डु, कास्की , रूपन्देही, चितवन, मकवानपुर, सुनसरी , मोरङ र झापामा समेत श्रमिकहरूको हक हितको लागि पहिचान सञ्जाल गठन गरेको छ । त्यस सञ्जालमा आवद्ध भएर श्रमिकहरूले कार्य स्थल लगायत सम्बन्धित क्षेत्रमा आफ्नो सवाल राख्न वातावरण बनाउनुको साथै सबै सरोकारवालाहरुसँग समन्वय सहकार्यमा काम गर्ने उद्देश्य रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस