२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

बुलिङटारको अत्रौलीटारमा अस्थायी प्रहरी चौकीको उद्घाटन

२०८१ भाद्र २८, शुक्रबार प्रकाशित ( दिन अघि) २१३ पाठक संख्या

नारायण शर्मा

कावासोती । दुर्गम पहाडि बुलिङटार गाउपालिकाको अत्रौलीटारमा अस्थायी प्रहरी चौकि स्थापना गरिएको छ । स्थानियले प्रदान गरेको जग्गामा गाउपालिकाको करिब २६ लाखको लागतमा प्रहरी चौकि भवन निर्माण सम्पन्न गरेर शुक्रवार उद्धघाटन गरिएको हो ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख नरहरी रेग्मीले नवनिर्मित भवनको एक समारोह बिच शुक्रवार उद्धघाटन गरेका छन । उद्धघाटनपछि बोल्दै प्रहरी उपरिक्षक रेग्मीले स्थानियवासिन्दाको माग बमोजिम अत्रौलीटारमा अस्थायी प्रहरी चौकिवाट सेवा शुभारम्भ गरेको सुनाए । पहाडि कालीगण्डकी कोरीडर किनारमा निर्माण भएको चौकिले दुर्मगका जनतालाई प्रबाह गर्ने सेवा छिटो,छरीतो र गुणस्तरिय रहने उपरिक्षकले बताए ।

पूर्वी नवलपरासीमा २८ वटा प्रहरी चौकि रहेका छन । ति मध्ये १२ वटा अस्थायी प्रहरी चौकि रहेको छ । अत्रौली प्रहरी चौकि छिमेकी बौदीकाली र बुलिङटार गाउपालिकाको सिमानामा रहेकाले दुबै पालिकालाई सेवा दिन सहज हुने बताइएको छ । रेग्मीले यहा निर्मित प्रहरी भवन नेपालकै नमूना भवन भएको दावी गरे । तनहुसंग सिमाना जोडिएको अत्रौलीटार प्रहरी चौकि दुर्गम पहाडि चौकी हो ।

पूर्वी नवलपरासीको बुलिङटार, बौदीकाली र हुप्सेकोट गाउपालिका दुर्गममा पर्दछन । बुलिङटार गाउपालिका वडा नम्बर ६ का अध्यक्ष माधब पाठकले बुलिंटार र बौदीकाली गाउपालिकामा इलाका प्रशासन कार्यालयको आवस्यकता औल्याए ।

उनले यी दुइपालिकाका स्थानिय बासिन्दा जिल्ला प्रशासनको सेवा लिन एक दिनभरीको यात्रा गरेर कावासोती जानपर्ने अबस्थाको अन्त्य गर्न बुलिंटारको अत्रौलीमा इलाका प्रशासन कार्यालय स्थापनाको काम गर्दै आफुहरु गृहमन्त्रालयमा समेत पुगेको र गृहमन्त्रीको आश्वासनले उत्साहित भएको सुनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस