२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिका लगातार तेस्रो पटक नवप्रवर्तन साझेदारी कार्यक्रममा छनोट

२०८१ भाद्र २८, शुक्रबार प्रकाशित ( दिन अघि) ४१० पाठक संख्या

चोरमारा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा मध्यविन्दु नगरपालिका लगातार तेस्रो पटक छनोट हुन सफल भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि पनि मध्यबिन्दु नगरपालिका छनोट भएको हो ।

यस वर्ष नगरपालिकाले कृषि उद्यमशीलता तथा जैविक खेती परियोजना प्रस्ताव गरेको थियो, जुन स्वीकृत भएको छ । प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिका अनुसार, असोज २ गते भित्र सम्झौताका लागि पत्रचार भएको छ ।

नगरपालिकाले यस वर्ष कृषि उत्पादनको ब्राण्डिङ्ग तथा बजार प्रवद्र्धन सहित मध्यविन्दु १४ मा जैविक खेती प्रणाली सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ । गण्डकी प्रदेशमा नवप्रवर्तन कार्यक्रमका लागि लगातार छनोट हुने एकमात्र नगरपालिका मध्यविन्दु हो ।

मध्यविन्दु नगरपालिका आर्थिक वर्ष २०७९/०८० मा प्रदुषण न्यूनिकरण, फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम र आर्थिक वर्ष २०८०/०८१ मा हाम्रो खुसी शैक्षिक सुधार परियोजनाको प्रस्तावना स्वीकृत भई छनोट भएको थियो । नगर प्रमुख भिमलाल अधिकारीले यस उपलब्धिलाई नगरपालिकाको लागि गर्वको विषय भएको बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%३%१%

प्रतिक्रिया दिनुहोस