२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा चट्याङः एक घाइते, लाखौँको क्षति

२०८१ भाद्र ३१, सोमबार प्रकाशित ( दिन अघि) ९५५ पाठक संख्या

कावासोती – नवलपुरको कावासोती ६ प्रगतिचोकमा आइतबार परेको चट्याङका कारण एक जना घाइते भएका छन् भने लाखौँको धनमालको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चट्याङ लागेर स्थानीय २५ वर्षीया प्रिति बिक घाइते भएकी हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

चट्याङले गर्दा प्रगतिचोकका विभिन्न घरमा व्यापक क्षति पुगेको छ । स्थानीय चित्र बिकको घरमा टेलिभिजन, पंखा, फ्रिज र मिटरबक्समा क्षति पुगेको छ भने एउटा भैसी पनि सामान्य घाइते भएको छ ।

त्यस्तै, कृष्ण बिकको घरमा मिटर बक्स, विद्युतीय तारहरु र सिलिङ पंखामा क्षति भएको छ । सुजन पोखरेलको घरमा भने सिसि टिभी, मोनिटर र फोकस लाइटमा क्षति पुगेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%९%१%

प्रतिक्रिया दिनुहोस