२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना, ७ जना घाइते

२०८१ भाद्र ३१, सोमबार प्रकाशित ( दिन अघि) ७३ पाठक संख्या

कावासोती । आइतबार नवलपुर जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जना घाइते भएका छन्।

देवचुलीमा स्कुटर र साइकल ठोक्किँदा ३ घाइते

नवलपुरको देवचुली नगरपालिका – ५ कदमपुरमा स्कुटरले साइकललाई ठक्कर दिँदा १० वर्षीय रोहन खड्का गम्भीर घाइते भएका छन्। उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। यसैगरी, १० वर्षीय अमृत लिम्बु र स्कुटर चालक १७ वर्षीय विशाल ढेंगा पनि घाइते भएका छन्।

गैँडाकोटमा टिपर र अटो ठोक्किँदा ३ घाइते

नवलपुरको गैँडाकोटमा टिपरले अटोलाई ठक्कर दिँदा अटो चालक सन्तबहादुर आले मगरसहित ३ जना घाइते भएका छन्। घाइतेहरूको उपचार स्थानीय मेडिकलमा भइरहेको छ।

गैँडाकोटमा बस र मोटरसाइकल ठोक्किँदा १ घाइते

नवलपुरको गैँडाकोट ३ तिन खोलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कृष्ण बहादुर अश्लामी मगर घाइते भएका छन्। उनलाई थप उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर पठाइएको छ। प्रहरीले दुवै घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस