२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाको स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको बधाई र शुभकामना

२०८१ आश्विन १, मंगलबार प्रकाशित ( दिन अघि) ९४ पाठक संख्या

चोरमारा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ्ग मार्गहरुको निर्माण मार्फत पोखरा र नवलपुरबीचको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनु भएको छ ।

उहाँले हाल पहाडी क्षेत्रमा सडक निर्माण कार्यहरु भइरहेको भएपनि सुरुङ्ग मार्गहरु निर्माण हुन सक्दा प्रदेश राजधानि पोखरा नवलपुर र देशको प्रमुख राजमार्गसंग दुई घण्टाको दुरीमा जोड्न सक्ने प्रारम्भीक अध्ययनहरुले देखाएको बताउनुभयो ।

मंगलबार नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्रिवेणी कोरोला सडक खण्डको महत्वपूर्ण खण्डको रुपमा रहेको दुम्कीबास त्रिवेणी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । वन र निकुञ्ज ऐनका कारण सडक निर्माण प्रभावित भएको भन्दै जग्गा प्राप्तीको अधिकार प्रदेश सरकारलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नवलपुरको लोकाहमा औधोगिकग्राम स्थापनाका लागि प्रदेश सरकारले योजना अगाडी बढाएपनि केन्द्र सरकारले जग्गाको अधिकार नदिदाँ अपेक्षित काम अगाडी बढ्न नसकेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको स्थापना दिवस मुल समारोहमा सहभागि हुनु भएका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा नै नमुना कार्य गर्न सफल भएकोमा मध्यविन्दु नगरपालिकालाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । गण्डकी प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा लगातार तिन वर्ष छनोट हुने एक मात्रै नगरपालिकाको रुपमा मध्यविन्दु नगरपालिका छनोट भएकोमा शुभकामना दिनुहुदै उहाँले लगातार कार्यक्रममा छनोट हुनुले मध्यविन्दु नगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने विषयको मूल्याङ्कन गर्न सकिने बताउनुभयो ।

कार्यक्रमको पहिलो वर्ष वातावरण प्रदुषण न्यूनिकरण, फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम, दोस्रो वर्ष हाम्रो खुसी शैक्षिक सुधार परियोजना र यस वर्ष कृषि तर्फको कार्यक्रमका लागि छनोट हुन सफल भएकोमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि।सी। श्रेष्ठले मध्यविन्दु नगरपालिकाले नवप्रवर्तन कार्यक्रम मार्फत कृषिको बजारीकरण र आर्गानिक कृषि प्रणालीको काम अगाडी बढाएको खुसी व्यक्त गर्नुभयो । आफ्नै पालिकामा जैविक मलको उत्पादन सुरु गरेको नगरले अब आर्गानिक खेती प्राणाली तर्फ प्रवेश गर्ने गरी सारेको योजनाका लागि कृषि मन्त्रालयको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

संविधान सभा सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि।सी।ले मध्यविन्दु नगरपालिकाले यस अगाडी हाम्रो खुसी कार्यक्रम र मंगलबार जैविक मल उत्पादन केन्द्र सञ्चालन सहित स्थापना दिवस कार्यक्रम आयोजना गरेकोमा बधाई व्यक्त गर्नुभयो । उहाँले सबै राजनीतिक दलहरुबीच समान धारणाको विकास गर्दै नगर बिकासको योजना अगाडी बढाउन अनुरोध गर्नुभयो ।

पूर्व प्रतिनिधि सभा सदस्य तिलक महतले कुनैपनि योजना अगाडी बढाउनु मात्रै नभई त्यसको सही कार्यान्वयन गर्नु महत्वपूर्ण बिषय हुने भन्दै मध्यविन्दु नगरपालिकाले हाल सम्म अगाडी सारेका कामहरुमा सफलता प्राप्त गरेकामा बधाई दिनुभयो ।

गाउँपालिका महासंघका अध्यक्ष एवम् हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय सरकारहरु सवल र सक्षम हुदाँ मात्रै संघियता सवल हुने भन्दै त्यस तर्फ आवश्यक नेतृत्व लिन मुख्यमन्त्री पाण्डेलाई अनुरोध गर्नु भएको थियो । मध्यविन्दु नगरपालिकाको छिमेकी पालिकाको रुपमा रहेको हुप्सेकोट गाउँपालिकाले नगरसंगको साझेदारीमा केही कामहरुको सुरुवात गरेको भन्दै अबका दिनहरुमा समेत संगै अगाडी बढ्न आफु उत्सुक रहेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्र बहादुर रानाले मध्यविन्दु नगरपालिका स्थापना देखि हालको अवस्था सम्म आईपुग्दा विभिन्न स्थानबाट योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । स्थानीय सरकारको रुपमा यस अगाडी भएका कामहरुलाई निरन्तरता दिदै नागरिकहरुसम्म स्थानीय सरकारको महसुस हुनेगरी कार्य गर्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिका स्थापना देखि हाल सम्मको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले सबै राजनितिक दलहरुबिच समान भावनाको विकास गराउन सक्दा नै समृद्ध मध्यविन्दु, खुसी नगरबासीको लक्ष्य प्राप्ती हुने विश्वास व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख पूर्णकला चौधरीले मध्यविन्दु नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा स्थानीय समुदाय र अतिथिहरु उपस्थित भई दिनु भएको शुभकामनाले हौसला प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिले नगरपालिकामा पहिलो पटक स्थापना दिवस मनाउने कामको थलनी भएको भन्दै अब यसलाई निरन्तरता दिने तर्फ नगरपालिकाको ध्यान केन्द्रीत हुने बताउनुभयो ।

स्थापना दिवसको अवसरमा मध्यविन्दु नगरपालिकाको मध्यविन्दु सन्देश पत्रिकाको समेत बिमोचन गरिएको छ । पत्रिका अर्धवार्षिक रुपमा प्रकाशन हुने पत्रिकाका सम्पादक समेत रहनु भएका शिक्षा महाशाखाका उपसचिव पदमराज आचार्यले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक मुल्यांकनको आधारमा विद्यार्थी, शिक्षक, विद्यालय, प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समिति सम्मान समेत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस