२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

बोनम्यारो पीडित पोख्रेललाइ उपचारका लागि रकम हस्तान्तरण

२०८१ आश्विन २, बुधबार प्रकाशित ( दिन अघि) ३३५ पाठक संख्या

नवलपुर । पूर्वी नवलपरासीमा दाजुभाइ ग्रुप अफ कावासोतीले बोनम्यारो पीडित मेनुका पोख्रेललाइ उपचारका लागी रकम हस्तान्तरण गरेको छ । कावासोती ८ निवासी ३३ बर्षिय मेनुका पोख्रेल केहि समय देखि “ल्युकेमिया र बोन म्यारो“ को समस्यासँग लड्दै आएकि छन । मेनुकाको ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने रकम अपुग भएकाले सहयोगार्थ दाजुभाइ ग्रुप कावासोतीले सोमबार नब्बे हजार रकम हस्तान्तरण गरेको हो ।

जिल्ला भरिका युवा साथिभाइ बीच एकताको सन्देश दिदै दाजुभाइ ग्रुप अफ कावासोतीले आयोजना गरेको मित्रमिलन तथा बनभोज कार्यक्रम बाट प्राप्त भएको रहेको उहाको भाइ लाइ हस्तान्तण गरेको ग्रुपका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

आफू पनि आगामि दिन हरुमा सहयोगार्थ कार्यमा हरपल तत्पर रहेको दाजुभाइ ग्रुप अफ कावासोतीका सदस्य राजन सुवेदीले बताए ।
सहयोगी हातहरु सबैलाई धन्यवाद दिदै आगामि दिनमा समाजका लागि अझ रचनात्मक कार्यमा दाजुभाइ ग्रुप अफ अगाडी बढ्ने यसै ग्रुपका सदस्य कृष्ण राना मगरले जानकारी दिए ।

मेनुकाको ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने रकम अपुग भएकाले आवश्यक रकम सहयोग गर्न परिवारले आग्रह गरेका छन् । चिकित्सकका अनुसार पोख्रेलको बोन म्यारो प्रत्यारोपण गर्नु पर्ने र उपचारको प्रक्रिया, अस्पतालको बसाई, औषधि र पछि गर्नुपर्ने हेरचाहका खर्च जुटाउनु पर्ने हुँदा रकमको समस्या भएका कारण आर्थिक सहयोग जुटाउनको लागी देश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सहयोगको अपिल गरिएको उनको परिवारले जनाएको छ । अहिले मेनुकाको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस